अर्थ

सुनको मुल्य ताेलामा १४ सय रुपैयाँ घट्यो

सोमबार, वैशाख १५, २०८२

काठमाडौं - आज सुनको मुल्य घटेको छ । सुन तोलामा १४ सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ । हिजो सुन तोलाको एक लाख ८९ हजार सात सय रुपैयाँमा काराबार भएकाे थियाे।

यस्तैगरी आज चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले बताएकाे छ । हिजो चाँदीको मुल्य एक हजार नौ सय ९० रुपैयाँमा काराेबार भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
समाचार