Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
अर्थ

सुनको मुल्य ताेलामा चार हजार ६ सय रुपैयाँ घट्याे

बिहीबार, वैशाख १८, २०८२

काठमाडौं -  सुनको मुल्य आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको मुल्य तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ।

हिजो सुनको मुल्य तोलामा एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको मु्य अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तैगरी आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य आज तोलामा ५० रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएकाे छ । हिजो चाँदीको मुल्य तोलामा एक हजार नौ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्