दाङमा विद्यार्थीले गरे शिक्षकमाथि खुकुरी प्रहार

शुक्रबार, वैशाख १९, २०८२

दाङ, १९ वैशाख -  दाङको तुलसीपुरमा एक विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरेका छन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

शुक्रबार बिहान करिब १०:३० बजे तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल एकाडेमीको स्कुल परिसरभित्र उक्त घटना भएको हो।

प्रहरीका अनुसार रजौरा निवासी ३७ वर्षीय शिक्षक विशेष श्रेष्ठमाथि रक्षाचौरका करिब १९ वर्षीय सुरेश सुनारले एक्कासी खुकुरी प्रहार गरेका थिए।


हमलाबाट श्रेष्ठको बाँया काँध र दुबै हातको पाखुरामा चोट लागेको छ। घाइते श्रेष्ठको अवस्था मध्यम रहेको र उनकाे राप्ती लाइफ केयर अस्पताल, मोतिपुरमा उपचार भईरहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए । शिक्षकले कुटेको भन्दै विद्यार्थीले बदला लिन खुँडा प्रहार गरेको बुझिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका बिषयमा अनुसन्धान भईरहेकाे छ । साभार लाइभ दाङ

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
समाचार