सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

शुक्रबार, वैशाख १९, २०८२

काठमाडौं, १९ बैशाख - सरकारले यसै बर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि यसै बर्ष अघि बढाउने भएको हो ।

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
समाचार