बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

गढवा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन दिने सीपमूलक तालिम

शनिबार, वैशाख २०, २०८२

गढवा , १९ बैशाख – दाङको  गढवा गाउँपालिकामा अपाङ्गता भएका ग र घ वर्गमा वर्गीकृत व्यक्तिहरूका लागि तीन दिने सीपमूलक तालिम सम्पन्न भएको छ।  “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ सञ्चालन गरिएको तालिममा सहभागीहरूले हार्पिक र भाँडा धुने झोल सावुन बनाउने सीप प्राप्त गरेका छन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न तालिममा प्रशिक्षकका रूपमा मनसरी घर्ति मगरले प्रशिक्षण दिनुभएको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तालिम समापन समारोहमा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा र वडा नम्बर ६ का वडाध्यक्ष बिर बहादुर आले मगरले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आत्मनिर्भर जीवनयापनका लागि यस्ता तालिमहरू उपयोगी हुने उल्लेख गर्नुभयो।

गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले अपाङ्गता भएका व्यक्तिहरूलाई उद्यमशील बनाउन पालिकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला बालबालिका तथा नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो। साभार : खाेज रफ्तार

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्