Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बबई पाँचमा तीन दिने आधारभुत पत्रकारिता तालिम सुरु

आइतबार, वैशाख २१, २०८२

हापुरे, बैशाख २१ गते - दाङको बबई गाउँपालिकाकाे हापुरेमा सञ्चार क्षेत्रमा रुचि राख्ने नवप्रवेशीहरूका लागि ३ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ। हापुरे मिडिया प्रा.लिको आयोजना तथा बबई गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा सुरु भएको तालिमले ग्रामीण क्षेत्रमा पत्रकारिताको आधारशिला तयार पार्ने अपेक्षा गरिएको छ।

हापुरे मिडिया प्रा.लि.का सञ्चालक रामप्रसाद सुवेदीको अध्यक्षता, बबई गाउँपालिकाकी उपाध्यक्ष बम कुमारी खड्काकाे  प्रमुख आतिथ्यता तथा वडा नम्बर ५ का अध्यक्ष हर्क बहादुर श्रीस र कार्यपालिका सदस्य नोखि डाँगी विशिष्ट अतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।

इशानी पुनकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बबई ५ वडा सदस्य भीम बहादुर खड्का, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, तुलसीपुर यातायात प्रा.लि. का उपाध्यक्ष धनसिङ खत्री, रेडियो हापुरेका संस्थापक अध्यक्ष सन्तोष बिसी लगायतकाले शुभकामना मन्तब्य राख्नुभएको थियाे । अतिथिहरूले तालिमले युवाहरुलाई तथ्यपरक, जिम्मेवार र संवेदनशील पत्रकारिता तर्फ डोर्याउने विश्वास व्यक्त गरेका छन् । 

तीन दिनसम्म चल्ने तालिममा पत्रकारिताका आधारभूत सिद्धान्त, आचारसंहिता, रिपोर्टिङ र समाचार लेखन कार्यक्रम सञ्चालन जस्ता विषय समेटिनेछन्। बबई गाउँपालिका वडा नम्बर ५ का १५ जना युवायुवती सहभागी तालिममा आज पहिलाे दिन प्रशिक्षक प्रेम बहादुर राम्जा र अर्जुन परियारले प्रशिक्षण दिनुभएको थियाे

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
समाचार