बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

बंगलाचुली गाउँपालिकामा पूर्व योजना तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न

आइतबार, वैशाख २८, २०८२

कमिरेचाैर २८ बैशाख - दाङको बंगलाचुली गाउँपालिकामा पूर्व योजना तर्जुमा सम्बन्धी गोष्ठी आज सम्पन्न भएको छ। बंऊलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमको तयारी को बारेमा छलफल भएको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

साथै कार्यक्रममा चालु आर्थिक वर्षको योजना बजेट र कार्यक्रमको समीक्षा गरिएको थियो। कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल लगाएतले बाेल्नु भएको थियो ।495163319_1392510745273922_1630428210490269139_n-1746965612.jpg
साे कार्यक्रममा पालिकाका आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्य, वडा नं १ का अध्यक्ष विष्णु कवर, वडा नं २ का अध्यक्ष मते पुन मगर ,वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं ४ का अध्यक्ष डाँस बहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष लिलाबहादुर घर्ती, कार्यपालिका सदस्य सविराम कामी, नारायणी गिरी ,पालिकाका विभिन्न शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा लिस्प कार्यक्रमका सबिन बुढाथोकीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। भने कार्यक्रमकाे संचालन बंगलाचुली गाउँपालिकाका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो।497520889_1392510825273914_4306772132602405376_n-1746965696.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्