सुन चाँदी दुबैको घटयो मुल्य

सोमबार, वैशाख २९, २०८२

काठमाडौं, २९ बैशाख - आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।

जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
समाचार