बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सरकारी विद्यालयमा छात्रवृत्ति र खाजा रकम लिन फर्जी विद्यार्थी

मंगलबार, वैशाख ३०, २०८२

जनकपुरधाम : कतिपय सरकारी विद्यालयले निजी विद्यालयमा अध्ययनरत विद्यार्थी नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा लिने गरेको पाइएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय अनुगमनका क्रममा यस्तो फेला परेको हो। हंसपुर नगरपालिका-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा यस्तो अनियमितता फेला परेको हो। विद्यार्थी संख्याका आधारमा सरकारले सुविधा दिने हुँदा कागजमा विद्यार्थी संख्या बढी देखिने तर वास्तविकता त्यस्तो नहुने समस्या मधेशका कैयौँ विद्यालयमा छ।

विद्यालयमा विद्यार्थी संख्या पर्याप्त रहेको देखाउन समेत निजी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको पुनः नामांकन गराउने गरिन्छ।

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजा लगायत विभिन्न शीर्षकमा सरकारबाट प्राप्त रकम कुम्ल्याउने गरिरहेको दुर्भाग्यपूर्ण भएको बताए। उनले नक्कली विद्यार्थीको विवरण विद्यालय शिक्षा व्यवस्थापन सूचना प्रणालीमा राखेर रकम निकासा गराउनु भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्न शिक्षक तथा कर्मचारीलाई भ्रष्टाचार मुद्दामा कारबाही गरिनुपर्ने उल्लेख गरे।

नक्कली विद्यार्थी कायम हुँदा विद्यालयमा पूर्वाधार विकास, थप शिक्षक दरबन्दी सहितको स्तरोन्नति आदिमा सघाउ पुग्छ। यसबाट सरकारको साधनस्रोत भने दुरुपयोग भइरहेको छ।

मुख्यमन्त्री सिंहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिएका छन्।

यसैगरी मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा हंसपुर नगरपालिका-८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माविमा शौचालय नरहेको पाइएको छ।

अनुगमन सुरु गर्नुभन्दा एक महिनाअघि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका १३६ वटा पालिकालाई पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन अत्यावश्यक सल्लाह दिएको थियो।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्