बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

बंगलाचुलीमा अन्तरपालिका घुम्ती बैठक सम्पन्न

सडक मर्मत गर्नेदेखि नदीजन्य पदार्थको चोरी नियन्त्रणमा लाग्ने निर्णय
बिहीबार, जेठ २, २०८२

दाङ, १ जेठ - दाङको घोराही–बंगलाचुली सडक मर्मतका लागि तत्काल पहल गरिने भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको आतिथ्यतामा बुधवार बंगलाचुली गाउँपालिकाको पर्यटकीयस्थल बंगलाचुली पार्कमा भएको अन्तरपालिका÷कार्यालयहरूको घुम्ती बैठकले सडक मर्मतको कार्यलाई तत्काल अघि बढाउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

घोराही–प्युठान सडकखण्ड अन्तर्गत घोराहीदेखि प्युठानसम्मको सडक मर्मतका लागि सम्बन्धित निर्माण व्यवसायीलाई लगाउने निर्णय गरेको छ । उक्त सडकबारे निर्माण व्यवसायीले आरविटेसनमा दिएको उजुरीमा सुनुवाई गर्दै भत्केको सडक सम्बन्धित निर्माण व्यवसायीले गर्नुपर्ने र बाँकी रहेको भुक्तानी दिनुपर्ने निर्णय गरेकाले सोहीअनुसार सडक मर्मतको काममा निर्माण व्यवसायीलाई काममा लगाउने बैठकले निर्णय गरेको हो । साथै उक्त खण्ड अन्तर्गत सञ्चालन हुने सिमेन्ट उद्योगहरूसँग भएको सहमति अनुसार आ–आफ्नो क्षेत्रमा बिग्रिएको सडक मर्मत गर्नुपर्ने, बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म टिप्पर सञ्चालनमा लगाइएको रोक पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै त्यसलाई कडाईका साथ पालना गराउने निर्णय गरेको छ ।

साथै चुनढुंगा बोक्ने टिप्पर सञ्चालनका लागि वैकल्पिक सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले बजेट व्यवस्थापनका लागि घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाले संयुक्त रूपमा प्रदेश र संघ सरकारसँग पहल गर्ने, नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि जिल्ला अनुगमन समितिले नियमित रूपमा अनुगमन गर्नुपर्ने र मापदण्ड विपरित उत्खन्न भएको पाइएमा कारबाही गर्ने समेत निर्णय गरेको छ ।

बैठकले हुलाकी सडक अन्तर्गत लमही–कोइलावास सडकखण्डको बजार क्षेत्रमा मुआब्जा लिएर पनि संरचना नहटाएका घरधनीहरूका लागि तत्काल ३५ दिने सूचना निकाल्ने र उक्त समय सीमाभित्र पािन संरचना नहटाए प्रशासनले बल प्रयोग गरेर सडक सीमाभित्र पर्ने संरचना हटाउने निर्णय गरेको छ । यसैगरी बैठकले राप्ती नदी तटबन्धको कार्यलाई अघि बढाउनका लागि ढुंगाजन्य वस्तु उपलब्ध गराउनका लागि पहल गर्ने निर्णय गरेको छ ।

जिल्लाकै गौरवको आयोजनाका रूपमा रहेको राप्ती नदी तटबन्धको काम प्रयाप्त मात्रमा ढुंगाजन्य वस्तु नपाउँदा अघि बढाउन समस्या देखिएकाले स्थानीय सकार, डिभिजन वन कार्यालय, प्रदेश सरकारलगायतसँग समन्वय गरेर प्रयाप्त मात्रमा ढुंगा उपलब्ध गराउने वातावरण निर्माणका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले लागुऔषध नियन्त्रणका लागि परिक्षण गर्ने किट खरिद तथा सचेतनामूलक कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । साथै बैठकले अन्तरपालिकास्तरीय घुम्ती बैठकको समिक्षा गर्दै आगामी आर्थिक वर्ष पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का, लमही नगरपालिका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, पुमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सना, जनताको तटबन्ध कार्यालयका प्रमुख नारायण सुवेदी, सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टलगायतले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या तथा सुझाव राखेका थिए ।497631674_1394530368405293_4051799190818513158_n-1747275843.jpg
 

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको स्वागत मन्तव्यवाट सुरु भएको बैठकमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीपुराम पुनले गाउँपालिकामा भएका असल अभ्याससँगै समस्याहरूका बारेमा राखेका थिए । बैठकमा जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो । साभार गाेरक्ष दैनिक

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्