Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पछिल्लो समय ऐतिहासिक गढि किल्ला संरक्षणमा चासो

बिहीबार, जेठ १, २०८२

कमिरेचौर १ जेठ - पछिल्लो समय दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा रहेको ऐतिहासिक गढि किल्लाको संरक्षणमा चासो देखाइएको छ । नेपाल एकिकरण हुनुभन्दा पहिले बाइसे चौविसे राज्य हुदा सल्लायन राज्यमा रहेको सो गढि किल्लालाई संरक्षणमा पछिल्लो समय बंगलाचुली गाउँपालिकाले चासो दिएको छ।  सोहि क्रममा उक्त किल्लाको अवलोकन समेत गरिएको छ । पुरातात्विक विभाग, बंगलाचुली गाउँपालिका, नेपाली सेना, पत्रकार तथा स्थानिय अगुवाहरुले उक्त किल्लाको अवलोकन गरेका हुन ।494819139_2467140923650505_6653043424847203561_n-1747276342.jpg
 


नेपालमा बाइसे चौविसे राज्यको पालामा राज्य सुरक्षाका लागि गढिलेकमा सेना बसेको बुढा पुरानाको भनाइ रहे पनि यसको एकिन लिखित इतिहाँस कतै फेला पर्न नसकेको जुम्लेपानि गढि सामुदियक वन समुहका अध्यक्ष इन्द्र बहादुर बुढाले जानकारी दिनुभयो।

पुर्वि राज्य पृथ्विनारायण शाहले एकिकरण गरेको र उनका छोरा बहादुर शाहले पश्चिमी राज्य एकिकरण गर्ने क्रममा उक्त किल्लामा सुरक्षाको लागि र अङ्ग्रेजको आक्रमणबाट बच्नको लागि भारतका मुसलमानी राजाहरु नेपाल छिरेर गर्ने गलत क्रियाकलापको नियन्त्रण गर्न कर्णेल कालु आलेको कमाण्डमा जगेडा सेनाहरु राख्नको निम्ति गढि किल्ला प्रयोग गरेको किम्वदन्ति रहेको अध्यक्ष बुढाले बताउनुभयो ।

 

त्यो बेलामा प्रयोग भएका सालको काठहरु सो स्थानमा अझै पनि देख्न सकिन्छ । साथै केहि समय अघि पानी जम्मा गर्नको लागि प्रयोग गरिएको काठको डोण समेत फेला परेको उहाँले बताउनुभयो ।


उक्त किल्लाको पुरातात्विक विभागका पुरात्तत्व अधिकृत हरिप्रसाद भुसाल, सहित नेपाली सेनाका जर्नेल पदम बहादुर बुढा, कर्नेल कुमार खड्का बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष भक्त बहादुर जिसि, बंगलाचुली गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगी सहित सन्चारकर्मी, स्थानिय लगायतको उपस्थितिमा गढिलेकको अवलोकन गरिएको हो।494359067_541132912403482_8637473798356840251_n-1747276327.jpg
सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले उक्त स्थानलाइ बंगलाचुली गाउँपालिकाले ऐतिहासिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने बताउनुभएको थियो ।बंगलाचुली गाउँपालिकाले एक्लै गर्न सम्भव नभएको भन्दै सहयोगको लागि उहाँले पुरातात्विक विभाग र नेपाली सेनालाइ आग्रह गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
समाचार