सुनको मुल्य तीन हजार पाँच सय रुपैयाँ घट्यो

बिहीबार, जेठ १, २०८२

दाङ - नेपाली  बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

आज बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएकाे छ

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
समाचार