सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको बंगलाचुलीमा वैशाख २५ देखि सुरू भएको चलचित्र निर्माण कार्यशाला बुधबार सकिएको छ ।
पहल नेपाल र ए. एस. उडान फिल्मद्धारा आयोजित कार्यशालामा कालिकोट, बर्दिया, दाङ र रुपन्देही जिल्लाका १७ जना युवाहरूले प्रशिक्षण लिएका थिए ।
चलचित्र विकास बोर्ड र बंगलाचुली गाउँपालिकाको सहकार्य रहेको चलचित्र निर्माण कार्यशालामा चलचित्र लेखक विकास सुवेदी, करुण थापा, निरज कँडेल मुनाल घिमिरे र केएल बुढाथोकीले प्रशिक्षण दिनु भएकाे थियाे।
कार्यशालामा चलचित्रका तत्व, चलचित्र निर्माणका चरण, पटकथाका शरीर रचना, छायांकनको सिद्धान्त, निर्देशन सीप, सिनेमा र ए आइ लगायत चलचित्र निर्माणका नवीन शिल्प, शैली, प्रविधि र प्रक्रियाबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
मोफसलमा चलचित्र निर्माणमा जागरुकता ल्याउने, सीपयुक्त जनशक्ति उत्पादन गर्ने र स्तरीय चलचित्र निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको संयोजक के एल बुढाथोकीले बताउनुभयाे ।