पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ घट्यो

बिहीबार, जेठ १, २०८२

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ।

मूल्य घटाएपछि काठमाडौँमा पेट्रोल १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको छ। इण्डियन आयल कर्पोरेशनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जानकारी दिएकाे छ ।Nigam-1747326560.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
समाचार