Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आगामी वर्ष बेरुजु शून्यमा झार्नुपर्छ: अध्यक्ष विष्ट

शनिबार, जेठ ३, २०८२

मसुरिया, ३ जेठ - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आगामी आर्थिक वर्षमा बेरुजु रकम शून्यमा झार्ने लक्ष्य रहेको बताउनु भएको छ।

शुक्रबार सम्पन्न चालु आर्थिक वर्षका काम, योजनाहरू र खर्चको प्रगतिको समिक्षा गर्न आयोजित कार्यक्रममा अध्यक्ष विष्टले सबै शाखा प्रमुख र कर्मचारीहरूलाई बेरुजु न्यूनीकरणमा अझै सजग भएर लाग्न निर्देशन दिनुभयाे।WhatsApp-Image-2025-05-16-at-10.06.51-PM-1747442735.jpeg
“यस वर्ष हामीले अघिल्लो वर्षको तुलनामा बेरुजु घटाउन सफल भएका छौं। अबको वर्ष शून्य बेरुजु बनाउनु पर्छ,” अध्यक्ष विष्टले भन्नुभयाे। उहाँले बेरुजु घटाउनमा सबै कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको भन्दै धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

कर्मचारीहरूलाई थप उत्साह दिन अध्यक्ष विष्टले सबै शाखा प्रमुखहरूलाई मोबाइल रिचार्ज कार्ड समेत प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरीले बेरुजु न्यूनीकरण मात्र नभई सेवा प्रवाहमा समेत थप पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको बताउनुभयो। उहाँले जनताको विश्वास जित्न कर्मचारीहरूको भूमिकामा निष्ठा र सक्रियता हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले आगामी वर्ष बेरुजु रकम शून्यमा झार्न   सबै शाखा प्रमुख तथा कर्मचारीहरू निरन्तर  समन्वय र समयमै योजना कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।

गाउँपालिकामा चालु आर्थिक वर्षमा जम्मा ०.१४ प्रतिशत मात्रै बेरुजु देखिएको छ, जुन विगतको तुलनामा उल्लेखनीय प्रगति मानिएको छ।a

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
समाचार