सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडाै - नेपाली बजारमा सुनको मुल्य आज तोलामा छ सय रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको मुल्य आज केही घटेको हो ।
तोलामा छ सय रुपैयाँ घटेर आज सुनको मुल्य तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ ।
अस्ति सुनको मुल्य तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँ थियो ।
त्यस्तैगरी चाँदीको मुल्य घटबढ भएको छैन । चाँदी शुक्रबारकै मुल्य तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको महासङ्घले जजानकारी दिएकाे छ ।