जनप्रतिनिधिहरूको क्षमता विकास वन वातावरण र वन उद्यम सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न

आइतबार, जेठ ४, २०८२

कमिरेचौर ४ जेठ -  समृद्धिको लागि वन परियोजना अन्तर्गत निर्वाचित जनप्रतिनिधिहरूको क्षमता विकास वन वातावरण र वन उद्यम सम्बन्धी अभिमुखीकरण गोष्ठी आज कमिरेचौरमा सम्पन्न भएको छ ।
 बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। बंगलाचुली गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, कमिरेचौर सवडिभिजन वन कार्यालय अधिकृत पन्नालाल भट्टराई, बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कुवर, २ का अध्यक्ष मैते पुन मगर ,३ का अध्यक्ष शोभाराज विश्वकर्मा, ४ का अध्यक्ष डाँस बहादुर डाँगी, ५ का अध्यक्ष लिलाबहादुर घर्ती, ७ का अध्यक्ष गिर बहादुर थापा, ८ का अध्यक्ष रविन्द्र बहादुर गाहा मगर, कार्यपालिका सदस्य सविराम कामी ,रमाकुमारी पुन,गाउँपालिका अन्तरगतका शाखा प्रमुक कर्मचारी लगायतको सहभागिता रहेको थियो।

सो अवसरमा कमिरेचौर सवडिभिजन वन कार्यालय अधिकृत पन्नालाल भट्टराई ,समृद्धिका समृद्धिका लागि वन परियोजना बंगलाचुलीका नवीन केसीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगले वन र स्थानिय सरकारको विचमा सहकार्य गर्दै बंगलाचुलीको विकास गर्न आफुहरु तयार रहेको बताउनुभयो । यस्तै उपाध्यक्ष भक्त बहादुर जिसीले जनताले बनबाट धेरै फाईदा लिन सक्ने र वनको संरक्षण विकासका लागि सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।499057294_1397101654814831_8712059005214444755_n-1747585250.jpg
कार्यक्रमको सञ्चालन बंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो।

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
समाचार