Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा जुवाको खालबाट नगदसहित ९ जना पक्राउ

आइतबार, जेठ ४, २०८२

दाङ, २ जेठ - दाङको तुलसीपुर उपमहानगरपालिका–५, न्युरोडस्थित मिन बहादुर घर्तीको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर नगद रु. ४६,६४५/- सहित ९ जनालाई पक्राउ गरेको छ।

सल्यान कपुरकोट–४ मा घर भएका  हाल तुलसीपुर–५मा बस्ने ४६ वर्षीय मिन बहादुर घर्ति तुलसीपुर–६ का ५१ वर्षीय नर बहादुर शाही  तुलसीपुर ८ का ४४ वर्षीय निम बहादुर भण्डारी तुलसीपुर ६ का ४० वर्षीय विष्णु प्रसाद नेपाली तुलसीपुर ८ का ३७ वर्षीय बिश्व डाँगी तुलसीपुर ६ का ४३ वर्षीय डिल बहादुर नेपाली तुलसीपुर ६ का ४८ वर्षीय अम बहादुर थापा सल्यान बागचौर–४ मा घर भएका  हाल तुलसीपुर–५मा बस्ने ४० वर्षीय शेर बहादुर घर्ती र  तुलसीपुर–५ मा बस्ने ४२ वर्षीय प्रकाश भुसाल पक्राउ  गरिएकाे  प्रहरीले जनाएको छ।

प्राप्त जानकारीअनुसार पक्राउ परेकाहरूमध्ये केही स्थानीयवासी हुन् भने केही अन्य जिल्लाबाट आएर बसोबास गर्दै आएका व्यक्ति हुन्। पक्राउ परेकाहरूलाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
समाचार