सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,६ जेठ - भुमि अधिकार सम्वन्धि वकालतिय २ दिने तालिम आज सम्पन्न भएकाे छ । भुमि कृषि अधिकार केन्द्र (csrc) दाङ काे आयाेजना तथा UN HABITAT काे आर्थिक सहयाेगमा दाङ काे गढवा गाउँपालिका ३ जङ्गल कुटिमा सम्पन्न भएकाे हाे ।
भुमि अधिकार मञ्चका केन्द्रीय सदस्य मेघराज वि सि काे अध्यक्षता , भुमि समस्या समाधान आयाेग दाङ का अध्यक्ष हुकुम वहादुर वस्नेतकाे प्रमुख आथित्यता तथा UN HABITAT का दाङ जिल्ला सयाेजक वन्दना सिन्दा काे विशिष्ठ आथित्यतामा कार्यक्रम भएकाे हाे । लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका,गढवा गाउँपालिका मा रहेका भुमिहिनहरू लाई लक्षित गर्दै । तालिमकाे आयाेजना गरिएकाे हाे । जेष्ट ५ र ६ गते सञ्चालन भएकाे २ दिन सम्म भुमि सम्वन्धि परिवर्तित यन कानुन लाई नागरि सम्म जानकारि गराउदै , । नागरिक काे प्रती एलानि जग्गाकाे कसरी पहिचान गर्न भन्ने बिषयमा प्रशिक्षण गराईकाे थियाे ।
कार्यक्रममा ४ वटा स्थानियतह वाट सहभागिहरू काे भुमि , भुमि र भुमि ऐन सम्वन्धि धेरै प्रश्न राखेका थिए । पश्नकाे जबाफ भुमि समस्य समाधान आयाेग दाङका अध्यक्ष हुकुम वहादुर वस्नेत , नापि कार्यलय लमहिका प्रमुख प्रदिप ज्ञावलि र CSRC का कार्यक्रम सयाेजक रेमन्त वहादुर चाैधरी ले सवै प्रश्न लाई प्रष्ट पार्नुभएकाे थियाे । ४ स्थानिय तह वाट ५० जनाकाे सहभागिमा संञ्चालन भएकाे कार्यक्रमकाे सहजिकरण csrc कार्यक्रम अधिकृत गाेपाल वि क ले गर्नुभएकाे थियाे ।