डेढ महिनाको रस्साकस्सी पछि अन्तत : गभर्नरमा डा. विश्व पौडेल नियुक्त

मंगलबार, जेठ ६, २०८२

काठमाडौं, ६ बैशाख -  नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो ।

यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषदमा निर्णयका लागि सिफारिस गरेको थियो ।

पौडेलेको नियुक्तिसँगै राष्ट्र बैङ्कमा डेढ महिनापछि रिक्त गभर्नर पदमा पदपुर्ति भएको छ।

गत चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भए पनि नयाँ गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बेला आज यो निर्णय भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्