बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कालिका ओपन स्काउट क्र्युमा सुचना प्रविधी सम्बन्धि एक दिने प्रशिक्षण

मंगलबार, जेठ ६, २०८२

कालिका,६जेठ - पुर्वी चितवनको कालिका नगरपालिका-६ स्थित कालिका ओपन स्काउट क्र्युमा मंगलबार एक दिने सुचना,प्रविधी सम्बन्धी प्रशिक्षण`टेक टक विथ स्काउट्स´ सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

 कालिका ओपन स्काउट क्र्युको आयोजना तथा एन.डब्लु.टेक,भरतपुरको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रम कालिकास्थित माध्यामिक विद्यालय रेडक्रसग्राममा संचालन भएको थियो।

 कालिका ओपन स्काउट क्र्युका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता रहेको सो कार्यक्रममा माध्यामिक विद्यालय रेडक्रसग्रामका प्रधानाध्यापक नन्दलाल लामिछाने प्रमुख अतिथीको रुपमा रहेका थिए।त्यस्तै, विशिष्ट अतिथिको रुपमा स्थानीय स्काउट कार्यालय कालिका नगरपालिकाका नगर स्काउट सदस्य सपना श्रेष्ठ, एन.डब्लु.टेकका प्रमुख ई.त्रिविक्रम रेग्मि र संगम सापकोटा रहनुभएको थियो।

 कालिका ओपन स्काउट क्र्युका ३७ जना रोभर,रेन्जर तथा स्काउट विद्यार्थीहरुको सहभागीता रहेको सो कार्यक्रममा क्र्युका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।
सो क्रममा उहाँले आईटी करियरको बारेमा विद्यार्थीमा सुरुबाटै ज्ञान दिन सकियो भने उनीहरू सक्षम, आत्मनिर्भर र नवप्रवर्तनशील बन्न सक्ने बताउनुभयो। साथै,विद्यालय, कलेज, युवा समूह र अभिभावकहरूले यो ज्ञान दिनमा विशेष भूमिका खेल्नुपर्नेमा जोड समेत दिनुभयो।


 सो कार्यक्रमका मुख्य प्रशिक्षकका रुपमा रहेका ई. रेग्मिले आईटी करिअर रोडम्याप, वेभ टेक्नोलोजी वर्क फ्लो र एआई सम्बन्धी आधारभुत ज्ञान बारे प्रशिक्षण गराएका थिए। कार्यक्रममा बोल्दै ई.रेग्मिले भने,´अहिलेको डिजिटल युगमा आईटी सम्बन्धी ज्ञानको आवश्यकता अत्यन्तै बढ्दो छ। संसारभर रोजगारी, व्यवसाय, शिक्षा र सरकार संचालनमा सूचना प्रविधिको प्रयोग बढ्दो छ, जसले आईटी क्षेत्रमा करियर बनाउनेलाई अपार अवसरहरु साथै सम्मानजनक र उत्साहजनक जीवन प्रदान गरिरहेको छ।´

 क्र्यु ईन्चार्ज विशाल दराईले संचालन गरेका सो कार्यक्रमको प्रभावकारी व्यवस्थापन एस.टि.एम आयुष पाठकले गरेका थिए।

सो कार्यक्रमको दोश्रो सत्रमा स्काउटिङको परिचय सँगै गाँठो सम्बन्धी व्यवहारीक सीप सिकाईएको थियो।

 विगत देखि नै युवा र समुदाय लक्षित विविध कार्यक्रम गर्दै आएको कालिका ओपन स्काउट क्र्युमा हाल ५० भन्दा बढी रोभर रेन्जर आवद्ध रहेका छन।

 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्