राप्तीमा नीति तथा कार्यक्रमको तयारी : शाखा प्रमुखहरूसँग सुझावमूलक छलफल सम्पन्न

सोमबार, जेठ १२, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

मसुरिया - दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अघि बढाउँदै आइतबार शाखा प्रमुखहरूसँग सुझावमूलक छलफल कार्यक्रम सम्पन्न गरेको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रम नीति निर्माण प्रक्रियाको आधारशिला हुने गरी आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले आ–आफ्ना क्षेत्रका प्राथमिकता, चुनौती र सुधारका सम्भावनाहरू प्रस्तुत गर्दै नीति तथा कार्यक्रमलाई यथार्थपरक, प्रभावकारी र जनउत्तरदायी बनाउन सुझाव दिएका थिए।

प्रशासकीय अधिकृत पाठकले छलफललाई नीति निर्माणको महत्वपूर्ण चरणको रूपमा उल्लेख गर्दै सबै शाखाहरूको समन्वय र सहभागितामार्फत समावेशी नीति निर्माण गरिने बताउनुभयाे। "शाखा प्रमुखहरूको अनुभव र सुझावले गाउँपालिकाको भावी योजना अझ सुदृढ र प्रभावकारी बन्नेछ," उहाँले भन्नुभयो।

छलफलमा शिक्षा, स्वास्थ्य, कृषि, पशु ,पूर्वाधार, श्रम तथा राेजगार ,सामाजिक विकास, वातावरण, खानेपानी तथा सरसफाइ, महिला तथा जेष्ठ नागरिकजस्ता क्षेत्रमा विशेष छलफल गरिएको थियो।

छलफलबाट संकलित सुझावहरूलाई आधार बनाई नीति तथा कार्यक्रमको प्रारम्भिक मसौदा तयार पारिने र आगामी गाउँसभा बैठकमा प्रस्तुत गरिने जनाइएको छ।

यसअघि गाउँपालिकाले विभिन्न क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग समेत परामर्श गरी सुझाव संकलन गरिसकेको छ। पालिकाले अन्य सरोकारवाला पक्ष तथा नागरिकहरूबाट पनि चरणबद्ध रुपमा सुझाव संकलनको प्रक्रिया अघि बढाउने जनाएको छ।

राप्ती गाउँपालिकाले यसपटकको नीति तथा कार्यक्रमलाई अझ सहभागी, उत्तरदायी र आवश्यकतामा आधारित बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्