सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, १६ जेठ - घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले घोराही तुलसीपुर सडक खण्डको सेवार खोलामा बन्दै गरेको पुलका कारण बर्षायाममा नागरिकहरुले सास्ती नपाउने गरि भरपर्दो र सुरक्षित बैकल्पीक सडक बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
नगर प्रमुख नरुलाल चौधरी र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शुक्रबार पुल सेक्टर नेपालगञ्ज र निर्माण व्यवसायीका प्रतिनिधीलाई उपमहानगरपालिकामा बोलाई बर्षायाम अगाबै भरपर्दो र सुरक्षित डाईभर्सन तथा बैकल्पीक सडक बनाउन निर्देशन दिनुभएको हो । पुल सेक्टरका इन्जिनियरहरु लक्ष्मण केसी, सुरेश चौधरी र पुल निर्माणको जिम्मा लिने रायमाझी कन्ट्रक्सन प्राली काठमाडौका प्रतिनिधी साईट इन्चावर्ज प्रकाश रानालाई नगर प्रमुख नरुलाल चौधरीले पुल बन्ने क्रममै रहेकाले यस बर्षको बर्षायाममा सवारीका साधन र यात्रुहरुले जोखिम मोल्नु नपर्ने तथा सुरक्षित यात्राका लागि तत्काल भरपर्दो डाईभर्सन बनाउन आग्रह गर्नुभयो ।
अहिले बनाउदै गरेको डाईभर्सन प्रयाप्त नभएको भन्दै ह्युमपाईप थप गर्न सुझाब दिनुभयो । अहिले तीन वटा प्वालबाट पानी जाने गराईरहे पनि बर्षाको भेललाई त्यसले थेग्न नसक्ने भएकाले कम्तीमा १२ वटा ह्युमपाईपबाट पानी निकास हुने गरी काम गर्न आग्रह गर्नुभयो । लगानी गरेपछि सुरक्षित गर्नुपर्छ उहाँले भन्नुभयो, कुलोमा जाने जसरी ह्युमपाईप राखेर खोलामा हुदैन त्यसैले कम्तीमा १२ वटा ह्युमपाईपबाट पानी निकास हुने गरी काम गर्नुस । बर्षाको समयमा सिंगलरुपमा गाडी चल्ने गराउदा हुन्छ तर बलियो र भरपर्दो अनिवार्य गर्नुपर्छ । अर्को तर्फ बाढी ठुलो आयो र गाडी रोकियो भने ल्याण्डफिल साईड क्षेत्र हुदै अटोभिलेज निस्कन आउनेबाटोलाई पनि ग्राभेल र रोलिङ गरेर बेलैमा सुरक्षित गर्न आग्रह गर्नुभयो ।
जनताको यात्रा सुरक्षित गर्नुपर्ने र गुनासो आउन नदिनका लागि बेलैमा काम गर्नुपर्ने हुन्छ त्यसै अनुरुप काम गर्नुहोला भन्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यसबर्ष विगतका बर्षको तुलनामा बर्षा धेरै हुने मौसम विदले भनेकाले बेलैमा नागरिक र भौतिक सम्पत्तीको सुरक्षा गर्नु सुझाब दिनुभयो ।
पुल बनाउने इस्टमेट मै डाईभर्सन बनाउनु पर्ने र रकम समेत हुने गरेको छ । निर्माण व्यवसायीले २५ लाख रकम रहेको तर उक्त रकम गतबर्ष नै सकिएकाले काम गर्न समस्या भएको बताएका छन् । २०८३ साल चैत्र सम्ममा पुल बनाई सक्ने सम्झौता छ । फोरलेन पुल ७० मिटर लम्बाईको हुने छ । २३ करोड रुपैयाँको लागतमा पुल बन्ने सम्झौता रहेको छ ।