राप्तीकाे सरसफाइ तथा फाेहाेर व्यवस्थापन : बुटवल उपमहानगरपालिकाकाे टाेलीद्वारा अवलोकन

शनिबार, जेठ १७, २०८२

मसुरिया,१७ जेठ - दाङ - देउखुरीकाे राप्ती गाउँपालिकाको सरसफाइ तथा फोहर व्यवस्थापन प्रणालीको  बुटवल उपमहानगरपालिकाबाट आएको अध्ययन टोलीले शुक्रबार अवलोकन गरेको छ।

बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदीकाे नेतृत्वमा विभिन्न वडाका अध्यक्षहरू, सरसफाइ शाखाका प्राविधिक कर्मचारी, योजना शाखाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी अध्ययन भ्रमण टाेलीले सरसफाइ तथा फोहर व्यवस्थापन प्रणालीको अवलोकन गरेको हाे।

टोलीले राप्ती गाउँपालिकामा फोहरको स्रोतमै वर्गीकरण, कम्पोष्ट मल उत्पादन, पुनः प्रयोगका उपायहरू र समुदायमा आधारित सरसफाइ अभियानको अभ्यासबारे जानकारी लिएको थियो।

त्यस्तै टोलीले वडा नं. २ पुन्यपुर स्थित सरसफाइ व्यवस्थापन केन्द्रकाे समेत अवलोकन गरेको थियो।

बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदीले राप्तीले अपनाएको सरसफाइ मोडेल अनुकरणीय भएको बताउँदै प्लास्टिक जन्य फाेहाेरबाट इन्टरलक,टायल उत्पादन गर्ने अभ्यासले प्रोत्साहन दिएको बताउनुभयो। उहाँले यस्ता अभ्यासहरूमाथि अध्ययन गरी बुटवलमा पनि कार्यान्वयनको पहल गर्ने बताउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले फोहर व्यवस्थापन र सरसफाइमा पालिकाले जनसहभागिता, स्रोतको अधिकतम उपयोग र वातावरणमैत्री प्रविधिमा जोड दिएको जानकारी दिनुभयो। उहाँले अनुभव आदानप्रदान र सहकार्यका माध्यमबाट दुवै पालिकाबीच सकारात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।WhatsApp-Image-2025-05-31-at-5.28.38-AM-1748702085.jpeg

अवलोकन भ्रमणबाट दुबै स्थानीय तहबीच सरसफाइ र वातावरण संरक्षणमा साझा पहल र सहयोगको सम्भावना बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
समाचार