सञ्चालन नभएरै जीर्ण बन्ने अवस्थामा पुग्दै विद्यालय भवन

आइतबार, जेठ १८, २०८२

रोल्पा , १८ जेठ - विद्यालय सञ्चालनको लागि बनाईएकाे भवन सञ्चालन हुन नपाउदै जीर्ण बन्ने अवस्थामा पुग्दै छ। रुन्टिगढी गाउँपालिका वडा न: ७ खाक्सीवनमा केही वर्ष पहिले सरकारबाट विनियोजित बजेट र स्थानीय को जनश्रमदानबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आउन सकेको छैन । करिब ९०/१००  घर धुरी रहेको उक्त गाउँमा  विद्यायल नहुदा साना साना बालबालिका बालशिक्षा लिन समेत झन्डै एक डेढ  घण्टा लगाएर कि साबिक झेनाम गा वि स २ नम्बर वडा बलवाङ कि साबिक १ नम्बर  वडाकै होलेरी जानु पर्ने बाध्यता छ । साविक डुब्रिङ गा वि स वडा न २ सापडाँडाको विद्यालय दुरीको हिसाबले नजिक पर्ने भए पनि बिचमा खोला पर्ने र वर्षाको समयमा खोला कारण जोखिम हुने भएकाले पछिल्लो केही वर्ष यता उक्त विद्यालयमा अभिभावक आफैले बालबालिका पठाउन सकि रहेका छैनन् । त्यस्तै अर्को समस्या  ठुला कक्षाका विद्यार्थी होलेरीमा जाने हुदा बालबालिका लग्ने ल्याउने  अलि ठुला विद्यार्थी नहुनाले पनि अभिभावकले विद्यार्थी पठाउन नसकेको  अनुमान गर्न सकिन्छ । केही  अलिक हुने खानेले होलेरीमा कोठा गरेर वा दाङ तिर लगेर पढाउने गर्दै आएका छन तर बाँकीले  घण्टौ लगाएर  उकालोमा होलेरी पठाउनु पर्ने बाध्यता  छ । गाउँमा विद्यालयको भवन छ तर सञ्चालन हुन सकिरहेको छैन ।

७/८ जना बाल कक्षामा अध्यनरत  बालबालिका घण्टौ लगाएर होलेरी या बलवाङ जानू पर्ने बाध्यता  छ । अभिभावकले केही पैसा उठाएर  विद्यालय सञ्चालन गराउ भने न विद्यार्थी संख्या  पुग्छ न  शिक्षकलाई दिने तलब  यश कारण पनि सञ्चालनमा आउन सकेको छैन। विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकारलाई त छ तर  विद्यालय सञ्चालनको लागि  विद्यार्थी संख्या नपुगे पछि पालिकाले समेत आटगरेको छैन।  रुन्टिगढी शिक्षा शाखाको भनाइ अनुसार विद्यालय सञ्चालनको लागि  ४० जना विद्यार्थी सँख्या हुनु पर्छ । संख्या  नपुगे पछि गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन तर केही खाक्सीवनका बालबालिकाले बाल शिक्षा कै लागि दु:ख पाईरहेका छन ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
समाचार