सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा, १९ जेठ - होलेरीमा रहेको कृषि हाटबजार फेरि सुरु हुने भएको छ । यस वर्षको कृषि हाटबाजार जेठको २१ गतेदेखि सुरु हुने भएको हो ।
विगत लामो समय देखि बन्द रहेको हाटबजार २ वर्ष अघि देखि सफलता पुर्वक लाग्दै आईरहेको छ। यस वर्ष कृषि हाटबजारमा १४ वटा व्यापारिक स्टल रहने अध्यक्ष चन्द्र प्रकाश महराले जानकारी दिनु भएको छ । बिशेष गरेर टमाटर ,बन्दा, सीमी, खुर्सानी ,काउली लगाएत तरकारी पाईने हाटबजारमा कृषकले उत्पादन गरेका अन्य तरकारी र फलफूलहरु समेत बिक्रीवितरण गरेर राम्रो आमदानी गर्दै आएका छन ।
हाटबजार सफलता पुर्वक लागेर किसानले राम्रो आमदानी गरे पछि बैंक बाट लगेको कर्जा समेत सहज रुपमा तिर्ने गरेको राष्ट्रिय बाणिज्य बैंक होलेरीका पुर्व प्रबन्धक महेश कुमार दहितले बैंकको वार्षिकोत्सबमा बताउनु भएको थियो ।