सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर ,२० जेठ - दाङको बंगलाचुली गाउँपालिकामा पालिका स्तरीय २ दिने अर्गानिक मल र विषादी बनाउने तालिम सुरु भएको छ । "अर्गानिक खेति गरौं मानव जीवन स्वस्थ बनाओै" भन्ने नारा सहित पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको आयोजनामा तालिमको सुरुवात भएको हो ।
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लि बहादुर रावत को अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा तालिमको आज उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले यस्ता खालका तालिमले गाउँपालिका भित्र रहेका किसानलाई कृषि गर्नको लागि ठुलो सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकाले पनि थुप्रै खालका सिपमुलक तालिम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष पुनले किसानले उत्पादन गरेका कुनै पनि तरकारी तथा बालिहरु बजारीकरणको समस्याले कुहिएर जाने अवस्था नआउने बताउनुभयो । त्यसको लागि गाउँपालिकाले सहजिकरण गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतले अहिले रासायनिक मलको प्रयोगले मानिसमा विभिन्न खालका रोगहरु देखा पर्ने गरेको बताउनुभयो । यसकारण किसानले गर्ने खेतिमा अर्गानिक मल र अर्गानिक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रशिक्षकको रुपमा कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज कंडेल रहनुभएको छ ।
उद्घाटन कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्य, कार्यपालिका सदस्य शविराम कामी लगायतको सहभागीता रहेको थियो । बंगलाचुली गाउँपालिका कृषि शाखा प्रमुख ज्ञान राज कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत साधना शर्माले गर्नुभएको थियो ।
तालिममा बंगलाचुली गाउँपालिका ८ वटै वडाका करिब ३० जनाको सहभागिता रहेको छ । तालिम भोलि सम्म चल्नेछ ।