सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा, १९ जेठ - गढवा गाउँपालिका–६ मा सुर्तिजन्य पदार्थ सेवन तथा मद्यपान न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
धूम्रपान तथा सुर्ती सेवन गर्नाले हृदयाघात, क्यान्सर जस्ता रोग निम्तिने र फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या सिर्जना हुने लगायत विभिन्न समस्याहरु सिर्जना हुने भएकोले यसलाइ नियन्त्रण गर्न आवश्यक रहेको र त्यसको लागि विद्यालय , अभिभावक , शिक्षा तथा स्वास्थ्य कार्यालय लगायत सञ्चार क्षेत्र सचेतना जगाउनु आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो। सुर्ति जान्ने पदार्थ सेवनले क्षति गर्ने कुरा सबैलाई जानकारी भएतापनि अधिकांश आदतको दास भएको बताउनुभयो। समाजका अग्रज व्यक्तित्वहरूले समाजको नेतृत्व गर्ने वर्गले सुर्तिजन्य पदार्थको प्रयोग गर्नाले पछिल्लो पुस्तामा त्यो कुरा हस्तान्तरण हुँदै गएको र झन् सुर्तिजन्य र मध्यपानको संख्या बढ्ने गरेको बताउँदै त्यसतर्फ सचेत वर्ग समाजको नेतृत्व गर्ने वर्ग सचेत हुनुपर्ने बताउनुभयो ।
शारदा कुमारी चौधरीले पछिल्लो युवा पुस्ता सुर्तिजन्य पदार्थको सेवन र मध्यपानको लतमा फस्दै गएकोले यो चिन्ताको विषय भएको बताउनुभयो। विभिन्न समुदायमा विभिन्न परम्पराको नाममा मध्यपानको प्रयोग बढ्दो भएको त्यस विषयमा न्यूनीकरण गर्न चुनौती समेत रहेको उपाध्यक्ष चौधरीले बताउनुभयो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष अहिलेको परिस्थितिमा पनि युवा, महिला तथा बालबालिकाहरु यसको कुलतमा परेकाले उनिहरुलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पर्ने नकारात्मक असर, नियन्त्रणका नागरिक समाज र स्थानिय सरकारले गर्नु पर्ने प्रयास , सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्ने बारेमा उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण गर्ने बारेमा पब्लिक हेल्थ पीएचडी रिसर्च स्कलर सहजकर्ता पिताम्बर पाठकले जानकारी दिनु भएको थियो ।
स्थानीय तहको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रम लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका (देउखुरी), दाङको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल विकास केन्द्र, बुटवल, रुपन्देहीले सहजीकरणको भूमिका निर्वाह गरेको थियो।
कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनबाट मानिसमा पर्ने नकारात्मक असर , नियन्त्रण र नियमनमा देखिएका समस्याहरु , स्थानीय तहको भुमिका लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । त्यसैगरी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, युवाहरु तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सुर्तिजन्य पदार्थ (जस्तैः चुरोट, सुर्ती, खैनी) तथा मद्यपान (रक्सी) को दुष्प्रभावबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रम लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय राप्ती उपत्यकाको आयोजना तथा नेपाल विकास केन्द्र रूपन्देहीको सहजीकरणमा गडवा गाउँपालिकाको सवालमा सम्पन्न भएको हो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापा,कार्यपालिका सदस्य रमा भण्डारी,निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनराम शर्मा, स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत भरत बहादुर कुँवर,नेपाल विकास केन्द्रका अध्यक्ष माधव सापकोटा,नेपाल विकास केन्द्रका परियोजना संयोजक सरस्वती आचार्य, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक दामोदर डाँगी, गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश बसेल, पत्रकार दुःखरण यादव लगायतको सहभागिता रहेको थियो ।