मुख्यमन्त्री आचार्यलाई अध्यक्ष विष्टद्वारा जन्मदिनमा आँपको बिरुवा उपहार

बुधबार, जेठ २१, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

भालुबाङ, २१ जेठ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई जन्मदिनको अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँपको बिरुवा उपहार प्रदान गर्नुभएको छ। बुधबार मुख्यमन्त्री निवासमा पुगेर अध्यक्ष विष्टले सो बिरुवा प्रदान गर्नुभएको हो।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

पर्यावरणीय सन्देश दिने उद्देश्यले प्रदान गरिएको उक्त उपहारले प्रदेशको हरित विकास तथा स्थानीय स्रोत–साधनको महत्वलाई जोड दिने अध्यक्ष विष्टले बताउनुभयो। उहाँले मुख्यमन्त्री आचार्यको दीर्घायु, सशक्त नेतृत्व तथा समृद्ध प्रदेश निर्माणमा सफलताको कामना पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी र कार्यपालिका सदस्य साबित्री चौधरीको पनि उपस्थिति रहेको थियो। 

मुख्यमन्त्री आचार्यले उपहारप्रति आभार प्रकट गर्दै हरियाली संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सबै तहका सरकारहरूबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्