सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक "हाम्रो बंगलाचुली " हस्तान्तरण तथा विमोचन गरिएको छ । आज बंगलाचुली गाउँपालिकामा एक कार्यक्रमका विच कक्षा ४ देखि ८ कक्षा सम्मको पाठ्यपुस्तक हस्तान्तरण तथा विमोचन कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्रका तर्फबाट पाठ्यक्रम निर्माण विज्ञ डाक्टर प्रेम तिवारी र शालिकराम पौडेलले बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनलाई पाठ्यपुस्तक हस्तान्तरण गर्नुभएको हो ।बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली गाउँपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट हालेर बंगलाचुलीको शैक्षिक विकासमा विशेष जोड दिइएको बताउनुभयो । गाउँपालिकाले विशेष गरि भौतिक विकास भन्दापनि मानविय विकासमा जोड दिइएको समेत बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिन र ज्ञान र सिपको विकासमा जोड दिन विद्यालयको प्रधानाध्यापकहरुलाइ उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले अहिलेको अवस्थामा बालबालिकालाई बंगलाचुली भित्रका विभिन्न कुराहरुमो बारेमा ज्ञान लिनका लागि सो पाठ्यक्रमले सहयोग गर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाको लागि विशेष गरेर शिक्षकहरू जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, कार्यपालिका सदस्य गणेश विश्वकर्मा, शविराम कामी लगायत बंगलाचुली गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो । सो अवसरमा पाठ्यक्रम निर्माण विज्ञ शालिकराम पौडेलले सो पाठ्यपुस्तकमा समावेश गरिएका विषयवस्तुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख ओप प्रकाश केसीले गर्नुभएको थियो ।