सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२२ जेठ - बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत आयोजना हुने पाँचौँ बंगलाचुली कपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
प्रतियोगिता पुरुष क्रिकेट, पुरुष भलिबल र महिला भलिबल गरी तीन विधामा सञ्चालन हुनेछ। बंगलाचुली गाउँपालिकाका आठै वडाबाट सहभागिता जनाइएको छ। पुरुष क्रिकेट तथा पुरुष भलिबलमा आठवटै वडाले सहभागिता जनाएका छन् भने महिला भलिबलमा छ वटा वडाको सहभागिता रहनेछ।
वडा नम्बर ४ का अध्यक्ष तथा प्रतियोगिता आयोजक समिति सदस्य डान्सबहादुर डाँगीका अनुसार प्रतियोगिताको उद्घाटन खेल क्रिकेटतर्फ वडा नम्बर २ र वडा नम्बर ३ बीच हुनेछ। पुरुष भलिबलतर्फ वडा नम्बर ७ र वडा नम्बर ३, तथा महिला भलिबलतर्फ वडा नम्बर ७ र वडा नम्बर १ बीच पहिलो खेल हुनेछ।
क्रीकेट प्रतियोगितामा विजेता हुने टिमले ३० हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेता हुने टिमले नगद १८ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउनेछ ।
साथै महिला पुरुष भलिबल प्रतियोगिताका प्रथमले २६ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने १६ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने तेस्रो स्थान हासिल गर्ने टिमले ९ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा नम्बर ३ का अध्यक्ष तथा प्रतियोगिता आयोजक समिति संयोजक शोभाराज विश्वकर्माले दिनुभयो।
सम्पुर्ण खेल बंगलाचुली गाउँपालिका–४ स्थित गढिलेक खेलमैदानमा जेठ भोली बिहान ७ बजेदेखि सुरु हुने आयोजक समितिले जानकारी दिएको छ। साभार - सिस्ने अनलाइन