Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पाँचौँ बंगलाचुली कप खेलकुद प्रतियोगिता सम्पन्न

आइतबार, जेठ २५, २०८२

दाङ २५ जेठ - दाङको बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत आयोजना भएको पाँचौँ बंगलाचुली कप सम्पन्न भएको छ ।बंगलाचुली कप अन्तर्गत २ विधाका खेलहरु सम्पन्न भएका हुन ।जसअन्तर्गत महिला पुरुष भलिबल र पुरुष क्रिकेट प्रतियोगिता भएका हुन । प्रतियोगितामा पुरुष क्रिकेट तर्फ वडा नम्बर ४ चौथो पटक बिजेता बन्न सफल भएको छ। भने वडा नम्बर २ उपविजेता बनेको छ। त्यस्तै पुरुष भलिबल तर्फ वडा नम्बर ५ प्रथम भएको छ । भने पुरुष भलिबल तर्फ वडा नम्बर ७ द्धितिय र वडा नम्बर ६ तृतिय हुन सफल भएको छ। त्यस्तै महिला भलिबल तर्फ प्रथम द्धितिय र तृतिय क्रमसः वडा नम्बर ८, वडा नम्बर ७  र वडा नम्बर १ भएका छन।

क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले ३० हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता हुने टिमले १८ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र हात पारेका छन ।

साथै महिला पुरुष भलिबल प्रतियोगिताका प्रथमले २६ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टीमले १६ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। भने तेस्रो स्थान हासिल गर्ने टिमले ९ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने  वडा नम्बर ३ का अध्यक्ष तथा प्रतियोगिता आयोजक समिति संयोजक शोभाराज विश्वकर्माले दिनुभयो। प्रतियोगितामा पुरुष भलिबल तर्फ वडा नम्बर ४ बाहेक सबै वडाको सहभागिता रहेको थियो ।यस्तै महिला भलिबलमा वडा नम्बर ६  र वडा नम्बर २ बाहेक सबै वडाको सहभागिता रहेको थियो । भने पुरुष क्रिकेट तर्फ ८ वटै वडाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षता तथा पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्रि एवं दाङ क्षेत्र नम्बर २ का संघिय संसद रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का संघिय संसद रेखा शर्माले बंगलाचुली गाउँपालिका धेरै राजस्व संकलन गर्ने पालिका नभएपनि सिमित स्रोत साधनका बाबजुत गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि सो कार्यक्रम बर्षेनी गर्दै आएको बताउनुभयो । खेल क्षेत्र देशको लागि अत्यन्त आवश्यक क्षेत्र रहेको बताउदै शारिरिक र मानसिकद तन्दुरुस्ति सँगै खेल क्षेत्र राज्यको प्रतिष्टा सँग जोडिएको बताउनुभयो ।b8654bc2-3e02-4a56-a196-4747deec0a46-1749353497.jpegकार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, ८ वटै वडाका अध्यक्ष तथा सदस्य, बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष उदय जिएम वडा सदस्य, कार्यपालिका सदस्य लागयको उपस्थिती रहेको थियो ।कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसिले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
समाचार