सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २३ जेठ - दाङको गढवा गाउँपालिका–५ ठुलिचौरमा प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ।
मंगलबार राति करिब ९ बजे गढवा–कोईलाबास सडकखण्डमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको चेकिङ टोलीले कोइलाबासबाट गढवातर्फ जाँदै गरेको लु.९६ प ८८९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागु औषध फेला पारेको हो।
मोटरसाइकल चालक गढवा गाउँपालिका–६ प्रगतिनगर निवासी २२ वर्षीय लक्ष्मण बिष्टको शरीर जाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित ८.८३० ग्राम तथा प्लास्टिक हटाएपछि शुद्ध तौल ६.४६० ग्राम रहेको छ।
प्रहरीका अनुसार लागु औषध खरिद गर्न आएका दुई जनालाई पनि घटनास्थलबाट नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा अन्दाजी ३९ वर्षीय भन्साराम यादव र ३७ वर्षीय सदान मनिहार रहेका छन्।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयाे।