Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङकाे शान्तिनगर गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर हुने

सोमबार, जेठ २६, २०८२

दाङ, १९जेष्ठ -  दाङकाे शान्तिनगर गाउँपालिकामा शान्तिनगर गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर हुने भएकाे छ ।  नेपाल नेत्रज्योति संघ र राप्ति आँखा अस्पताल, रक्षाचौर दाङको सहकार्यमा निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन हुने भएको छ।

 शिविर दुई स्थानमा आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दकाे हस्ताक्षर गरिएकाे सुचनामा उल्लेख छ ।

पहिलाे चरणमा शान्तिनगर–५ स्थित बैशा सभा हलमा जेष्ठ २२ गते, र दोस्रो चरणमा शान्तिनगर–४ स्थित शान्तिनगर स्वास्थ्य चौकीमा जेष्ठ २६ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममार्फत दृष्टि परीक्षण, सामान्य आँखा समस्याको जाँच तथा आवश्यक परामर्श प्रदान गरिनेछ। स्थानीयवासीहरूलाई कार्यक्रमबाट लाभ लिन गाउँपालिकाले अनुरोध गरिएकाे छ।

शिविरबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले यस कार्यक्रमले समुदायमा आँखा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।505765172_4205557789767983_5246706055715043721_n-1749436452.jpg

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्