घोराही उपमहानगरको आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सार्वजनिक

सोमबार, जेठ २६, २०८२

दाङ, २६ जेठ - दाङको घोराही उपमहानगरपालिकाकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्र सार्वजनिक गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियोग्य भूमिको उपयोग, सिँचाइ, बीउ सुधार, पशुपालन, माछापालन, प्राङ्गारिक खेती, बजार पहुँच, प्रविधि तथा रोजगार सिर्जनासम्मका विषयमा केन्द्रित रहने बताउनुभयो ।

नीति तथा कार्यक्रममा जलस्रोत व्यवस्थापन र भरपर्दो सिँचाइ सुविधा, सिमसार तथा अन्य जलस्रोतहरूको संरक्षण गर्दै भरपर्दो सिँचाइ सुविधा सुनिश्चित गर्ने, बहुउद्देश्यीय जलाशय निर्माण, डिपबोरिङ, स्यालो ट्युबवेल र लिफ्ट सिँचाइ प्रविधिको प्रयोग गरिने, पकेट क्षेत्र विस्तार र बीउमा आत्मनिर्भरता कायम गर्ने, उत्पादन क्षमताका आधारमा विभिन्न वडालाई बाली विशेष पकेट क्षेत्रको रूपमा विकास गर्ने, वीउ स्रोत केन्द्रहरूको सुदृढीकरण गरी स्थानीय स्तरमै मूल बीउ उत्पादनलाई प्रथामिकता दिने कार्यक्रम अघि सारिएको छ ।

त्यसैगरी भूमि बैंक र कृषि बजार सशक्तिकरण तर्फ बाँझो जमिनलाई कृषि उत्पादनमा ल्याउन “भूमि बैंक“ कानून लागू गर्ने, कृषि उपजको बजारीकरण, हाटबजारको व्यवस्थापन तथा कृषि सहकारीको सुदृढीकरण गर्ने प्रविधि पहुँच र डिजिटल सेवा विस्तार गर्ने, घोराही कृषि मोबाइल एप“ को पहुँच किसानसम्म पु¥याउने किसानलाई कृषि सल्लाह, सूचना तथा सेवा मोबाइल एपमार्फत उपलब्ध गराउने बीउ अनुदान, जैविक विविधता र परम्परागत बालीको प्रवद्र्धन गर्ने कार्यक्र रहेका छन् । त्यसैगरी खाद्यान्न तर्फ तेलहन, दलहन, मसला तथा तरकारी बालीका लागि बीउ अनुदान निरन्तरता दिने, परम्परागत तथा रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिने लगायतका कार्यक्रमहरु रहेको घोराही उपमहानगरपालिका प्रेस संयोजक निमु संगम घर्तीले जानकारी दिनुभयो । साभार :राजमार्ग अनलाइन

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्