सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २७ जेठ - भुमि समस्या समाधान आयाेग दाङले जिल्लामा रहेका सुकुम्वासिहरू लाई पुर्जा वितरणकाे लागि अन्तितिम चरणकाे काम पुर्जा लेखनकाे कार्य भईरहेकाे बताउनुभएकाे छ ।
दाङ जिल्लामा रहेका भुमिहिन दलित , भुमिहिन सुकुम्वासि र अब्यबस्थित बसाेवास लागि निर्नतर प्रयास पछि लमही नगरपालिका वडा न ३ मा रहेकाे कान्छि टाेलमा बस्दै आएका भुमिहिन सुकुम्बासी लाई अषाढकाे पहिलाे हप्तासम्म पुर्जा वितरण गर्न गरि लेखन कार्य भईरहेकाे र अन्य स्थानहरूमा पनि लगत्तै पुर्जा वितरणकाे काम गर्न गरि काम भईरहेकाे भुमि समस्या समाधान आयाेगका अध्यक्ष हुकुम वहादुर वस्नेतले वताउनुभयाे ।
भुमि समस्या समाधान आयाेग काे आयाेजनामा csrc दाङ र लमहि नगरपालिका भुमि शाखाकाे सहयाेगमा पुर्जा लेखनकाे कार्य भईरहेकाे आयाेगका सदस्य सचिव पुरण चाैधरी ले जानकारी गराउनुभयाे । साथै दाङ काे घाेराही उपमहानगरपालिका , तुलसीपुर उपमहानगरपालिका , बंबई गाउँपालिका , दङ्गिशरण गाउँपालिकामा पनि नाप नक्साकाे काम भईरहेकाे बताउनुभएकाे छ ।