तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’  पालिका घोषाणा

मंगलबार, जेठ २७, २०८२

दाङ, २७ जेठ - दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका पालिका घोषाणा गरिएको छ । मंगलबार पालिकालाई खोप सुनिश्चितता र दीगोपन पालिकाका रुपमा घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिना भित्र लगाईने सम्पूर्ण खोप लगाएको र छुटेका ७ जना बालबालिकालाई पनि खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । यो बर्ष ९ हजार ८ सय जना बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको नगर प्रमुख टिकाराम खड्काले बताए ।

पछिल्लो ६ बर्ष यता तुलसीपुर उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आएको छ । केही बालबालकाहरु पालिका भन्दा बाहिर र अधिकांस भारत गएका र फर्केर आउने ५ बर्ष मुनीका बालबालिकालाई पनि खोप लगाएर पूर्ण सुनिश्चितता पालिका घोषणा गरिएको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रर्बद्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनका अनुसार यस बर्ष आएका ७ जना बालबालिका कामको लागि भारत गएको र यस बर्ष आएका हुन् ।

त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माले खोपका सन्दर्भमा अभिभावकहरु पनि जागरुक हुनुपर्ने बताए । खोप भनेको बिभिन्न रोगबाट जोगाउनकालागि रहेको भन्दै यसमा अभिभावकहरु सचेत हुनुपर्ने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले तुलसीपुरलाई स्वस्थ पालिका निर्माण गर्ने गरि काम भइरहेको बताईन् । तुलसीपुरमा ६४ भन्दा बढी खोप केन्द्रहरूबाट सेवा दिइदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्