बंगलाचुलीमा शान्ति सुरक्षा ,अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम सम्पन्न 

बुधबार, जेठ २८, २०८२

कमिरेचौर ,२८ जेठ -दाङको बंगलाचुली गाउँपालिकामा आज शान्ति सुरक्षा ,अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिय तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय  र जिल्ला प्रहरी कार्यालयले गरेका कामहरुको वारेमा जानकारी गराईएको थियो । 
कार्यक्रम दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आथित्यता र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।506282965_1414255259766137_7224228872664426845_n-1749647103.jpgकार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनगरले स्थानिय सरकारले जनमैत्री सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले बंगलाचुलीका नागरिकलाई राज्यको तर्फबाट हुने सेवाहरु छिटो र सहज बनाउन कानुनले दिएको अधिकारलाई टेकेर आम जनताका कामहरु गरिरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष पुनले घोराही -मुर्कुटी -प्युठान सडकको विषयमा रहेको मुद्दा हालै सडक विभाग काठमाडौँको आरविटेसन बाट मुद्दाको छिनोफानो भएको जानकारी दिनुभयो । 

यस सडको विषयमा मुद्दाको छिनोफानो भएपनि सडक विभाग र निर्माण व्यवसायी दुवै पक्षले उक्त फैसलाउपर चित्त नबुझेको भन्दै फेरी फैसलाको विपक्षमा पुनरावेदन जाने तयारी गरेको हुँदा घोराही -मुर्कुटी -प्युठान सडक तत्काल बन्ने अवस्था नरहेको हुँदा बंगलाचुली गाउँपालिका वासीहरु अन्यायमा परेको बताउनु भयो । अध्यक्ष पुनले भन्नुभयो,"लडाई सडक विभाग र निर्माण व्यवसायीको विचमा छ । अन्याय यहाँका जनतालाई भयो । अहिलेको स्थिति हेर्दा एकडेढ बर्षमै घोराही-मुर्कुटी-प्युठान बन्न असम्भव जस्तै देखियो ।कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष पुनले एक फरक प्रसंगमा बोल्दै बंगलाचुलीमा विभिन्न कम्पनिका अखाद्य मदिराले यहाँका नागरिकलाई निकै समस्यामा पारेको बताउँदै यसलाई रोक्नु पर्ने बताउनुभयो । 506027781_1414254933099503_8099254407056780233_n-1749647161.jpg
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लम्सालले बंगलाचुलीमा निकै राम्रा सम्भावनाहरु रहेको बताउँदै यहाँको विकासका लागि फरक तरिकाले सोच्नु पर्ने बताउनुभयो । उहाँले बंगलाचुलीलाई गृष्मकालिन सिटीकोरुमा विकास गर्नु पर्नेमा जोड दिनुयभो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले अबको विकास भनेको जनघनत्वको आधारमा गर्नु पर्ने समेत बाताउनु भयो । उहाँले देशमा विकासको मोडेललाई परिवर्तन गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । 505522508_1414256696432660_164924045321988788_n-1749647240.jpgकार्यक्रममा विशिष्ठ अतिथी बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले देशका हरेक नागरिकलाई कानुन लाग्ने भएको हुँदा कानुनको सबैले परिपालना गर्नुपर्ने बताउनुभयो । उहाँले कानुन कसैलाई क्षम्य नहुँने भएकाले कानुनलाई बुझेर मात्रै प्रशासनिक कामकाज गर्नुपर्नेमा जोड दिनुभयो ।  505959872_1414256579766005_2982711019317392712_n-1749647474.jpgकार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत याम बहादुर बुढा मगर जिल्ला प्रशासन कार्यालय, दाङले २०८१ श्रावण महिना देखि २०८२ बैशाख मसान्तसम्म भएको सेवा प्रवाह सम्बन्धी विवरणको जानकारी गराउनु भएको । भने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक कविराज रोकायाले दाङ जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा रोकथाममा प्रहरीले गरेका कार्य, प्रहरी कामकारवाही, र  जिल्ला प्रहरी कार्यालय दाङबाट प्रदान हुँदै आईरहेको सेवा प्रवाह लगाएतको वारेमा जानकारी गराउनु भएको थियो । 
कार्यक्रमका सहभागी स्थानिय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रशासन कार्यालय दाङबाट हुने सेवा प्रवाहका विषयमा जिज्ञाँसा राखेका थिए । 505967944_1414259136432416_6317317685474521296_n-1749647591.jpg

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका दाङ जिल्ला उप अनुशन्धान निर्देशक रमेश सिह डाँगा,शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक भेषराज सुवेदी, बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय चन्द्रकान्त पौडेल,आर्थिक प्रशासन शाखका वरिष्ठ लेखा अधिकृत नारायण प्रशाद आचार्य,प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी ,वडा नम्वर एकका अध्यक्ष विष्णु कवर, वडा नम्वर दुईका अध्यक्ष मैते पुन मगर, वडा नम्वर तिनका अध्यक्ष शोभाराज विश्वकर्मा , वडा नम्वर पाँचका अध्यक्ष लिला बहादुर घर्ती, वडा नम्वर छ का अध्यक्ष डोम बहादुर केसी,सामाजिवक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य गणेश विश्वकर्मा, कार्यपालिका सदस्य रमा पुनमगर, चित्रा दमाई, नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपार्टीकमिटी अध्यक्ष सविराम कामी,नेपाल कम्युनिष्ट पार्टीका बंगलाचुली गाउँपालिका ईन्चार्ज भिम बहादुर राना,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधी ,बंगलाचुली गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुख लगाएतको सहभागीता रहेको थियो ।

 कार्यक्रमको सहजिकरण जिल्ला प्रशासन कार्याल दाङका प्रशासकीय अधिकृत याम बहादुर बुढा मगरले गर्नुभएको थियो

506089510_1414258916432438_7054833449488149004_n-1749647819.jpg

506397667_1414258839765779_744913951275739217_n-1749647822.jpg

506282965_1414255259766137_7224228872664426845_n-1749647827.jpg

506450274_1414258766432453_2677630848213915673_n-1749647825.jpg

506456645_1414258799765783_4832239406245181862_n-1749647823.jpg

506487540_1414255206432809_2858603734782633691_n-1749647830.jpg

505731432_1414256463099350_6561391996037097333_n-1749647819.jpg

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
समाचार