लमही–३ कान्छिटोलका भूमिहिन सुकुम्बासीलाई पुर्जा दर्ता, लालपुर्जा वितरण असारको पहिलो साता हुने

बिहीबार, जेठ २९, २०८२

दाङ, २९ जेठ — भूमि समस्या समाधान आयोग दाङले आज लमही नगरपालिका–३ स्थित कान्छिटोलका भूमिहिन सुकुम्बासीहरूसँग सम्बन्धित पुर्जा दर्ता कार्य सम्पन्न गरेको छ। आयोगको आयोजनामा, CSRC दाङ तथा लमही नगरपालिकाको सहकार्यमा उक्त कार्य सफलतापूर्वक सम्पन्न भएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

भूमि समस्या समाधान आयोग दाङका सदस्य सचिव पुरण चौधरीले जानकारी दिनुहुँदै, कान्छिटोलमा भूमिहिन सुकुम्बासीहरूको नाममा जग्गा पुर्जा दर्ता भइसकेको जानकारी दिनुभयो।

आयोगका अध्यक्ष हुकुमबहादुर बस्नेतले भूमिहिन नागरिकलाई लालपुर्जा उपलब्ध गराउन पाउनु गौरवको विषय भएको बताउँदै, "अब असारको पहिलो साता भित्र लालपुर्जा वितरण गरिनेछ," भन्नुभयो।

दर्ता प्रक्रियामा सहभागी भूमिहिन सुकुम्बासीहरूले वर्षौंदेखिको सपना पुरा हुँदै गएको महसुस गर्दै सरकार र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले अब आफूहरू कानुनी रूपमा जग्गाका मालिक बन्ने सुनिश्चितता पाएकोमा खुसी प्रकट गरेका छन्।

यस कार्यमा आयोगका विज्ञ सदस्य यज्ञ नारायण आचार्य, सदस्य हिरादेवी पुन, सदस्य सचिव पुरण चौधरी, CSRC दाङका कार्यक्रम संयोजक रेमन्त चौधरी, कार्यक्रम अधिकृत गोपाल बिक, लमही नगरपालिकाका अमिन–सर्भेक्षक तथा आयोगका प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो।494837506_1886138228842469_3081119396694732697_n-1749738889.jpg

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
समाचार