शान्तिनगर गाउँपालिकाको केन्द्र जुम्लेकुलामा स्थानान्तरण

बिहीबार, जेठ २९, २०८२

दाङ, २९ जेठ - दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र औपचारिक रूपमा वडा नम्बर ४ स्थित चिराघाटबाट सोही वडाको जुम्लेकुलामा सारिएको छ। मन्त्रिपरिषद्को निर्णयपछि गाउँपालिकाले हाल संचालन भइसकेको जुम्लेकुलाबाटै आफ्नो प्रशासनिक कार्य सञ्चालन गर्ने स्पष्ट भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

करीब एक वर्षअघि नै गाउँपालिकाको कार्यालय जुम्लेकुला सारिएको थियो। त्यसपछि केन्द्र परिवर्तनको विषयलाई लिएर केही समय अदालतमा रिट पनि दायर गरिएको थियो, तर सो रिट खारेज भइसकेको छ। केन्द्र स्थानान्तरणविरुद्ध समय–समयमा विरोध भइरहे पनि अब सरकारी निर्णयपछि कार्यान्वयन सहज हुने भएको अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयाे।

उहाँका अनुसार पूर्व केन्द्र चिराघाटमा फोन सम्पर्क सहज नभएको र भौगोलिक दृष्टिले पनि अनुपयुक्त भएको कारण कार्यालय सारिएको हो। अहिले जुम्लेकुलामा भाडाको भवनबाट गाउँपालिका सञ्चालनमा रहेको छ ।  अब सो स्थानमै आवश्यक संरचना विकास गरेर स्थायीत्व दिने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयाे।505575515_3923564447896143_3630266844858772647_n-1749739533.jpg

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
समाचार