दंगीशरण–४ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषी औजार वितरण

शुक्रबार, जेठ ३०, २०८२

दाङ , ३० जेठ -  दाङको दंगीशरण गाउँपालिका–४ का किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषी औजार वितरण गरिएको छ । २०८१/०८२ को सुचिकृत बजेटबाट किसानहरुको मागको आधारमा आज एक कार्यक्रमका बिच उक्त कृषी औजारहरु वितरण गरिएको वडाअध्यक्ष कमल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार २० वटा मिनि ट्रेलर (ट्याक्ट) र ४ वटा कम्बाइन मिल वितरण गरिएको उहाँले बताउनुभयो ।


पुर्ण रुपमा निशुल्क दिदा बेवास्ता हुने भएकाले किसानको पनी अपनत्व होस् भन्ने उदेश्यका साथ ५० प्रतिशत अनुदानमा कृषी औजार वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गतबर्ष पनि यसरी नै ५० प्रतिशत अनुदानमा कृषी औजारहरु वितरण गरिएको थियो । आगामी दिनमा पनी यसलाई निरन्तरता दिने उहाँको भनाई छ ।  साभार तुलसीपुर खबर

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्