सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचाैर ६ असार - बंगलाचुली गाउँपालिकामा नीति निर्माण, योजना समिक्षा तथा सुझाव संकलन कार्यक्रम आज सम्पन्न भएको छ। आर्थिक वर्ष २०७९/०८० देखि हालसम्मको मध्यावधि समिक्षा तथा आउँदै गरेको आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रमका लागि राजनीतिक दल, गैसस र स्थानीय संघ–संस्थाहरूसँग सुझाव लिने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष तुल्सिराम पुन मगरले गर्नुभएको थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष शविरामा कामी, नेपाली कांग्रेसका सभापति जागेश्वर अधिकारी, नेकपा एमालेका उपाध्यक्ष दलबहादुर खत्री, नेकपाका संयोजक भिम बहादुर राना, शिक्षक महासंघका अध्यक्ष ज्ञानेन्द्र ढकाल, समाज विकास सञ्जालका बासुदेव भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर वली र पूर्व जनप्रतिनिधि पवित्रा घर्ती क्षेत्रीले पालिकालाई सुझाव दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले आर्थिक वर्ष २०७९ देखि २०८१ सम्मको मध्यावधिक समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उठेका विविध विषयहरूमा गाउँपालिका अध्यक्ष तुल्सिराम पुन मगर र उपाध्यक्ष भक्त बहादुर जिसीले विस्तृत प्रतिक्रिया दिनुहुँदै सुझावलाई समेट्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्य, वडाध्यक्षहरू – विष्णु कुवँर, मैते पुन मगर, शोभाराज विश्वकर्मा, डाँस बहादुर डाँगी, लिला बहादुर घर्ती, डोम बहादुर खत्री, गिर बहादुर थापा र झविन्द्र बहादुर गाहा, साथै कार्यपालिका सदस्य गणेश विश्वकर्मा, रमा कुमारी पुन मगर, चित्रा दमाई र कार्यालयका विभिन्न शाखा प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो। गाउँपालिकाले नीति निर्माणमा सबै सरोकारवाला पक्षको सुझावलाई प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता जनाउँदै आगामी वर्षको योजना समावेशी र प्रभावकारी हुने विश्वास दिलाएको छ।