Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दंगीशरण गाउँपालिकाको १९ औं गाउँसभामा उत्कृष्ट कर्मचारी तथा शिक्षक सम्मानित

आइतबार, असार ८, २०८२

दंगीशरण,८असार - दाङकाे दंगीशरण गाउँपालिकाको १९ औं गाउँसभा विशेष सम्मानका साथ सम्पन्न भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र कार्यरत शिक्षक तथा कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन, लगनशीलता र सेवा प्रवाहलाई मूल्याङ्कन गर्दै सम्मानित गरेको हो।

समारोहमा बिरेन्द्र नमुना माध्यमिक विद्यालय, हेकुलीका अङ्ग्रेजी शिक्षक हेमन्त अधिकारी, माध्यमिक विद्यालय मधपुरकी प्रधानाध्यापक बिमला कडेल, गाउँपालिका कृषि विकास शाखा प्रमुख शरु भुषाल, आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मा, गाउँपालिकामा कार्यरत प्रशासन सहायक देव बहादुर डाँगी, र कार्यालय सहयोगी राजेन्द्र चौधरीलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

गाउँपालिकाको दोस्रो कार्यकालपछि प्रारम्भ भएको यो सम्मान प्रक्रिया हाल तेस्रो वर्षसम्म आइपुगेको छ। जनप्रतिनिधिहरूको सक्रियतामा कर्मचारी तथा शिक्षकहरूको मनोबल वृद्धिसँगै सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार आएको गाउँपालिकाले जनाएको छ।

गाउँसभा कार्यक्रमलाई औपचारिक रूपमा गाउँपालिका अध्यक्षको नेतृत्वमा सम्पन्न गरिएको थियो। 509608967_715294991224194_7193189552985474248_n-1750602451.jpg

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
समाचार