शान्तिनगरमा वाईसिएल नेपाल केन्द्रिय अध्यक्ष पुष्प ओली सहितको टिमलाई स्वागत

आइतबार, असार ८, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

शान्तिनगर, ७ असार - दाङकाे शान्तिनगर गाउँपालिका कमिटीको आयोजनामा आज नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन वाईसिएल  नेपाल का केन्द्रिय अध्यक्ष क. पुष्प ओली नेतृत्वको टोलीलाई स्वागत तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ।510257295_24283627757889994_371774111862226228_n-1750609292.jpg

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चा का केन्द्रिय सदस्य क. नेब बहादुर रोका (स्टार), अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश सदस्य क. सरस्वती न्यौपाने, तथा स्वास्थ्य संगठन तुलसीपुर नगर कमिटी अध्यक्ष क. जीवन खड्का लगायतका नेताहरूलाई संयुक्त रूपमा बधाई, स्वागत तथा शुभकामना दिइएको हो।

कार्यक्रमको सभापतित्व शान्तिनगर गाउँपालिकाका अध्यक्ष क. बलबहादुर ओली ले गर्नुभएको थियो भने प्रमुख अतिथि खनेपालका केन्द्रिय अध्यक्ष क. पुष्प ओली रहनुभयो।

कार्यक्रममा उपाध्यक्ष माधब बस्नेत, उपमहासचिव बिरेन्द्र बिक, सचिव आम्म्र नेपाली माईकल, प्रदेश उपाध्यक्ष माधब बुढाथोकी, केन्द्रिय सदस्य मार्सल जिसी, एकराज बस्नेत, हेबेन्द्र साही, जय मगर, तथा जिल्ला अध्यक्ष इराक गर्ती र सचिव बिप्लप ओली लगायत पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।508778854_24283621911223912_2014954427763763879_n-1750609271.jpg

कार्यक्रमले पार्टीभित्रको एकता, युवा सशक्तिकरण र संगठन विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्