दंगीशरण गाउँपालिकाले सार्वजनिक गर्‍यो ४५ करोडको बजेट

मंगलबार, असार १०, २०८२

दंगीशरण, १० असार  - दाङको दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ११ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष पिमा वली खड्काले मंगलबार बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सेवा प्रवाहमा प्राथमिकता दिइएको जानकारी दिनुभयो।

संघीय सरकारबाट झण्डै ३७ करोड ८२ लाख र प्रदेश सरकारबाट ३ करोड ९ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, आन्तरिक स्रोतबाट १ करोड ५५ लाख र बचतबाट २ करोड ६३ लाख रुपैयाँ समेटिएको छ।

बजेटमा ६१% चालु खर्च र ३८.३९% पुँजीगत खर्च रहनेछ। गाउँपालिकाले यस वर्ष शिक्षा, सिँचाइ, सडक, स्वास्थ्य र स्थानीय उत्पादन प्रवर्द्धनमा विशेष जोड दिएको बताइएको छ।

बैठकमा उपाध्यक्ष वलीले आर्थिक ऐन २०८२, बिनियोजन ऐन, र मटवा प्रणालीसम्बन्धी विधेयक पनि प्रस्तुत गर्नुभएको छ।
अध्यक्ष शम्भु गिरीले यसअघि १९५ बुँदामा आधारित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो। गाउँसभाको तेस्रो बैठक असार १२ गतेका लागि बोलाइएको छ।4ea72ce4-83f3-4515-8ebe-bfa85ba6a56b-(1)-1750773466.jpeg

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्