बंगलाचुली गाउँपालिकाको ६२ करोड ६६ लाखको बजेट सार्वजनिक

मंगलबार, असार १०, २०८२

कमिरचौर, १० असार - आर्थिक वर्ष २०८२/०८३ का लागि दाङको बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाको  दोस्रो गाउँसभाको सातौँ अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा योजना कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।511973954_1423801598811503_4432962702854351590_n-1750774958.jpg
गाउँपालिकाले चालुतर्फ ३९ करोड २६ लाख रुपैयाँ (६२.६५%) र पुँजीगततर्फ २३ करोड ४० लाख रुपैयाँ (३७.३५%) बजेट विनियोजन गरेकोछ । गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने अनुदान ४२ करोड ९ लाख, संघीय राजस्व बाँडफाँडबाट ११ करोड ४ लाख, प्रदेश सरकारको अनुदानबाट २ करोड ५१ लाख र राजस्व बाँडफाँडबाट १ करोड ३ लाख रुपैयाँ साथै, आन्तरिक राजस्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट १ करोड ५६ लाख रुपैयाँ बजेट अनुमान गरेको छ । 512668808_1423801335478196_6872743095331511968_n-1750774979.jpg
गाउँपालिकाले शिक्षा,पूर्वाधार विकास,स्वास्थ्य,संस्थागत विकास तथा सुशासन

वातावरण तथा विपद् व्यवस्थापन,आर्थिक विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण जस्ता क्षेत्रलाई उच्च प्राथमिकता दिएर बजेट ल्याएको छ । 

बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा बजेको सभामा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । 
यसैवीच गाउँपालिकाले निति तथा कार्यक्रम समेत पारीत गरेको छ । बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले दोस्रो गाउँसभाको सातौं अधिवेशनमा "मानवीय विकास, भौतिक पूर्वाधार र उत्पादनमा लगानी, समृद्ध बंगलाचुलीको बिहानी" भन्ने मूल नारासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। कार्यक्रमले सामाजिक, आर्थिक, पूर्वाधार, सुशासन र वातावरणीय क्षेत्रमा योजनाहरू अघि सारेको छ।
अध्यक्ष पुनले सभालाई सम्बोधन गर्दै स्थानीय नागरिकको विकासको चाहना, विज्ञहरूको सुझाव र जनभावनालाई आत्मसात गर्दै संघीयताको मर्मअनुरूप जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने संकल्पका साथ नीति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो।511821497_1423802048811458_3907962701995993162_n-1750775022.jpg
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्