सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, ११ असार - दाङको तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८२/०८३ कालागि उपप्रमुख स्यानी चौधरीले उक्त बजेट ल्याएकी हुन् ।
जसमा आन्तरिक स्रोतबाट ५२ करोड, स्थानीय तह राजश्व बाँडफाँटसहित मालपोत रजिष्ट्रेशनबाट १५ करोड, ढुंगा गिट्टी दहत्तर बहत्तरबाट ५ करोड र विज्ञापन करबाट १५ लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।
त्यस्तैगरी संघीय सरकारको समानिकरण अनुदान २८ करोड ३३ लाख, सशर्त अनुदान ७२ करोड ९३ लाख , समपुरक अनुदान ९२ लाख र राजश्व बाँडफाँट संघ तर्फ २३ करोड २० लाख ९९ हजार ८ सय ५५ गरि १ अरब २५ करोड ३८ लाख ९९ हजार आम्दानी हुने लक्ष्य लिइएको छ ।
प्रदेश सरकारबाट १ करोड ९६ लाख ६६ हजार, सशर्त अनुदान २ करोड ५ लाख ८ हजार, समपुरक अनुदान १ करोड ५० लाख,विशेष अनुदान १७ लाख, राजश्व बाँडफाँट प्रदेश २ करोड २४ लाख गरि ७ करोड ९२ लाख ९४ हजार र अन्य संघ संस्थाको अनुदानमा १ करोड २० लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।
पालिकाले विषादी परीक्षण प्रयोगशालाकालागि ३० लाख , फोहरमैला ब्यबस्थापनकोलागि आधुनिक कम्प्याक्टर निर्माणकालागि १ करोड , आधुनिक दमकल खरिदकाालागि १ करोड, साहारा विहीन बालबालिकाको भवन निर्माणकालागि ५० लाख र सुस्तश्रवन बालबालिकाको भवन निर्माणकालागि ४० लाख, तुलसीपुरको अरणीको मैदान पूर्वाधारकालागि २० लाख बजेट बिनियोजन भएको छ ।
त्यस्तै अपाङ्गता भएका ब्यक्तीलाई कृतिम हात र खुट्टा प्रदान, स्वयंसेवक शिक्षक सट्टा भर्ना, एक वडा, एक नमूना विद्यालय निर्माण, एक शिक्षक, एक ल्याप्टपकालागि बजेट बिनियोजन गरिएको छ ।