Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दंगीशरणमा साझेदारी परियोजनामार्फत उन्नत कृषि र पशुपालन प्रवर्द्धन, पहिलो पुस्ता बाख्रा उपहार कार्यक्रम सम्पन्न

बुधबार, असार ११, २०८२

दंगीशरण, ११ असार - दाङको दंगीशरण गाउँपालिकामा साझेदारी परियोजनामार्फत उन्नत कृषि तथा पशुपालन प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै ‘पहिलो पुस्ता बाख्रा उपहार कार्यक्रम’ सम्पन्न गरिएको छ।

“भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔं” भन्ने मूल उद्देश्यका साथ सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत दंगीशरण गाउँपालिका वडा नं. १ को बाकिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम दंगीशरण गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराहीको संयोजनमा सम्पन्न भएको हो।

लगनशील महिला कृषक समूहकी अध्यक्ष हिरा वलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष पिमा वली खड्काको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।57cb4025-c365-454d-9bf6-679eb0b418b6-1750863244.jpegकार्यक्रममा वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरी, वडा नं. १ का अध्यक्ष रमेश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए।

दंगीशरण गाउँपालिकाले यस परियोजनामार्फत स्थानीय किसानलाई उन्नत पशुपालनमा जोड दिने, स्वरोजगारमा आधारित आत्मनिर्भरता विकास गर्ने तथा कृषिमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्य लिएको छ। कार्यक्रमले महिला कृषक तथा युवा उद्यमशीलतालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

fef5b725-0d4d-4924-80c5-1492516813c5-1750863291.jpeg

53e71e00-7097-42cb-95a0-7a758de3a60c-1750863290.jpeg

4aa17ced-c3d5-4c25-9b4a-97cbdf2bf4ad-1750863289.jpeg

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
समाचार