Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बङ्गलाचुलीमा विद्यालय सूचना अधिकारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु

शुक्रबार, असार १३, २०८२

कमिरेचाैर ,१४ असार -  दाङको बङ्गलाचुली गाउँपालिकामा विद्यालयका सूचना अधिकारीहरूका लागि क्षमता अभिवृद्धि तथा सकारात्मक सोच विकाससम्बन्धी दुईदिने तालिम सुरु भएको छ।514347482_1426075411917455_2568638166589306608_n-1751036905.jpgतालिमको उद्घाटन बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको अध्यक्षतामा गरिएको हो। ग्लोबल मल्टी सेक्टर कन्सल्टेन्सी, दाङको आयोजनामा तथा बङ्गलाचुली गाउँपालिकाको सहकार्यमा तालिम संचालन गरिएको हो।

तालिमको उद्देश्य विद्यालयका सूचना अधिकारीहरूलाई सूचना प्रवाहमा सक्षम बनाउनुका साथै उनीहरूमा सकारात्मक दृष्टिकोणको विकास गर्नु रहेको छ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्य, प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी, र शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीलगायतको उपस्थिति रहेको थियो।514286876_1426075338584129_5102508296899613419_n-1751036962.jpgतालिममा बङ्गलाचुली गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत सूचना अधिकारीहरूको सहभागिता रहेको छ। सहभागीहरूले तालिमबाट विद्यालयमा सूचना व्यवस्थापन र सम्प्रेषण प्रणाली सुधार हुने विश्वास व्यक्त गरेका छन्।514248985_1426075491917447_8010331349923074868_n-1751036989.jpg

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्