सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दंगीशरण, १४ असार - दाङ जिल्लाको दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशभित्र ‘स्वस्थ गाउँपालिका’ मापदण्डमा पहिलो स्थानीय तहको रूपमा चयन गरिएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय शिक्षा, स्वास्थ्य, सूचना तथा संचार केन्द्र, काठमाडौंले दंगीशरणलाई यो मापदण्डमा चयन गरेको हो।
बिहीवार मन्त्रालयको आयोजनामा तथा दंगीशरण गाउँपालिकाको समन्वयमा ‘स्वस्थ गाउँपालिका मापदण्ड सम्बन्धी अभिमुखिकरण तथा छलफल कार्यक्रम’ सम्पन्न भएको थियो।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरणलाई लुम्बिनी प्रदेशमै पहिलो पटक स्वस्थ गाउँपालिका घोषित गर्न लागेकोमा खुशी व्यक्त गर्दै मन्त्रालयसँग समन्वय गरेर यसलाई औपचारिक घोषणातर्फ लैजाने प्रतिबद्धता जनाउनुभयो।
राष्ट्रिय शिक्षा, स्वास्थ्य, सूचना तथा संचार केन्द्रका शिक्षा प्रशासक अरुण ज्ञवालीका अनुसार, अभिमुखिकरण कार्यक्रमको उद्देश्य स्वस्थ पालिका अवधारणाबारे जानकारी दिने, मापदण्डको मस्यौदामाथि छलफल गरी राय सुझाव संकलन गर्ने तथा समूहगत कार्यको लागि तयारी गराउने रहेको छ।
स्वस्थ पालिका मापदण्ड अन्तर्गत ७ वटा प्रमुख सूचकहरू रहेका छन्:
स्वास्थ्य विभागका प्रशासक गणेश श्रीवास्तवका अनुसार दंगीशरण गाउँपालिकाले यी मापदण्डहरूमा उल्लेख्य प्रगति गरेकाले छनोट गरिएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता थियो। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्नुभएको थियो।